स्त्रीरोग विशेषज्ञका कुरा : गर्भपतनबारे जान्नैपर्ने कुरा

बिहिबार, २१ बैशाख २०७४

 
अहिले गर्भपतनलाई गर्भनिरोधक अस्थायी साधनको रूपमा धेरैले प्रयोग गरेको पाइन्छ । गर्भपतनलाई निकै सहज ढंगले हेरेको पाइन्छ । बाध्यतामा परेर एकपटक गर्भपतन गराउनुलाई संकटका वेला सुविधा प्रयोग गरेको मान्न सकिन्छ, तर पटक–पटक गर्भपतन गराउनु हानिकारक हुन्छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमले गर्भपतनबारे जान्नैपर्ने केही जानकारी गराएका छन्ः

 

  • गर्भपतनलाई परिवार नियोजनको साधनको रूपमा व्याख्या गरेको पनि पाइन्छ । तर, गर्भपतन परिवार नियोजनको साधन होइन । बाध्यात्मक अवस्थामा एकपटक मात्र गर्भ फाल्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।

 

 
  • पटक–पटक गर्भपतन गराउँदा महिलाको ज्यानै जोखिममा पर्नसक्छ । धेरैपटकको गर्भपतनले महिलामा बच्चा पैदा गर्ने क्षमतामै ह्रास आउन सक्छ ।

 

 

 

  • असुरक्षित गर्भपतनले पाठेघरमा प्वाल पर्ने, आन्द्रा तानिएर संक्रमण बढ्ने हुन्छ । यस्तो अवस्थामा बढी रक्तश्राव हुने खतरा पनि रहन्छ । अत्यधिक रक्तश्रावले महिलाको ज्यानै लिन सक्छ ।

 

  • गर्भपतनका क्रममा पाठेघरको नलीमा इन्फेक्सन हुन पुग्यो भने भविष्यमा गर्भ नै नबस्ने हुनसक्छ । कहिलेकाही“ गर्भपतन राम्रोसँग नहुँदा नलीमा बच्चाको केही अंश रहन सक्छ । यस्तो भयो भने पछि नली नै काटेर फाल्नुपर्ने हुन्छ ।

 

  • धेरैपटक गर्भपतन गराउँदा पाठेघर पातलिन्छ, पातलो पाठेघरमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफै“ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकारप्रकार बिग्रन्छ ।

 

  • धेरैपटक गर्भपतन गर्दा पातलो भएको अवस्थामा पाठेघरमा थप समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा प्राकृतिक गर्भधारण गर्दा पाठेघर नै फुट्ने खतरा बढी हुन्छ ।

 

  • सन्तानको चाहना नहुन्जेलसम्म परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु नै उपयुक्त हुन्छ । गर्भ रहेर गर्भपतन गराउनैपर्ने बाध्यता भए तालिमप्राप्त स्वास्थ्यकर्मी तथा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित रूपमा गराउनुपर्छ ।

 

  • पहिलो बच्चा खेर फाल्नु राम्रो होइन । किनभने, कसैकसैको एउटा मात्रै बच्चा हुने सम्भावना पनि हुन्छ । पहिलो गर्भ नै फालिएमा अर्को बच्चा नबस्ने हुनसक्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा केही कम हुन्छ । किनभने, गर्भपतनका वेला इन्फेक्सन भएर नली नै बन्द हुन पनि सक्छ


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको