यस्ता छन करेला खानुका फाइदा
शनिबार, ०९ बैशाख २०७४

करेला खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुने भएकाले कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ ।
करेला तितो हुने भएकाले कतिपयले यो कहिल्लै खाँदैनन, खाएपनि यसलाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गरिन्छ । यसले गर्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर खानु राम्रो हो । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो ।
फाइदा :
. करेला चिसो हुने भएकाले गर्मीबाट उत्पन्न हुने रोगका लागि यसले राम्रो काम गर्छ ।
. कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ ।
. करेलाले पाचउने शक्ति प्रदान गर्छ र भोक जगाउँछ ।
. दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो मानिन्छ ।
. करेलाले रगत सफा गर्छ , साथै हेमोग्लोबिन बढाउँछ ।
. कफको रोगीले करेला सेवन गर्नु राम्रो हुन्छ ।
. यसले सुगर लेभल नियन्त्रण गर्ने भएकाले मधुमेहका लागि पनि करेला फाइदाजनक हुनसक्छ ।
. करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।
-News 24 बाट
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्