महिनावारीमा नियमित दही खाने कि ?
बिहिबार, २४ चैत २०७३

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसैकसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्हो हुने हुन्छ।
महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ।
दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ।
नियमित दहीको सेवनले मानसिक तनाव पनि कम हुने वैज्ञानिकहरुको निष्कर्ष छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्