जाजरकोटमा रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा

मङ्गलबार, ०८ चैत २०७३

 

जाजरकोट- जिल्ला स्वास्थ्य कार्यालयमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ । 

 

दैनिक एन्टिरेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्कने गरेको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाहेक अन्य ठाउँमा भ्याक्सिन नपाइने भएपछि बिरामी हैरान हुँदै नेपालगन्ज र रुकुमको चौरजहारी मिसन अस्तालमा जँचाउन बाध्य भएको त्रिवेणीनलगाड नगरपालिका–८ का रुद्र खत्रीले बताए। 

 

बहुलाएको कुकुर र स्यालले टोक्दा रेबिज नलागोस् भनी लगाइने एन्टिरेबिज भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयमा नहुँदा ग्रामीण क्षेत्रमा समेत पठाउन सकिएको छैन । भ्याक्सिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा समेत नभएको कार्यालयले बताएको छ । रासस 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको