पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै शङ्करपुरबासी

मङ्गलबार, ०८ चैत २०७३

 

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका स्थानीय बासिन्दा पुस्तौँदेखि कुलोको दूषित पानी पिउन बाध्य छन्। 

 

सुर्नया गाउँपालिका–६ शङ्करपुरका करिब १०० घरपरिवार कुलोको दूषित पानी पुस्तौंदेखि पिउँदै आएका हुन् । शङ्करपुरको नन्दिना, धुलिधार र कुनेटमा खानेपानीको चरम समस्या रहेको स्थानीय जयराज अवस्थीले जानकारी दिए। 

 

बाजेको पालामा सिँचाइका लागि निर्माण गरिएको कुलोबाटै आएको पानी दैनिकरुपमा प्रयोग गर्न बाध्य भएको नन्दिनाका जयन्ती अवस्थीले जानकारी दिए। उनले भने, ‘नजिक पानीको मुहान नहुँदा कुलोकै दूषित पानी पिउन बाध्य छौँ ।’

 

यस्तै, कुनेटामा पनि खानेपानीको निकै समस्या भएको स्थानीय हरिदत्त अवस्थीले जानकारी दिए। उनले भने, ‘कुलोको दूषित पानी पुस्तौँदेखि पिउँदै आएका छौँ ।’ 

 

सुर्नया–६ कै धुलिधारमा रहेको एउटै मुहानमा पनि पानी सुक्न थालेको स्थानीय कृष्णदत्त अवस्थीले जानकारी दिए। उनले भने, ‘धुलिधारमा रहेको पानीको मुहान पनि सुक्दै गएको छ ।’ त्यस ठाउँका करिब १०० घरधुरी वर्षौंदेखि कुलोको दूषित पानी पिउन बाध्य भएपनि गाविस तथा अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको